समाज

कालिञ्चोक भगवती दर्शन गर्न गएका वृद्धको मृत्यु

इकागज |
बैशाख २२, २०८१ शनिबार १९:४८ बजे

फाइल तस्बिर

दोलखा- कालिञ्चोक भगवती दर्शन गर्न गएका एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा भीमेश्वर नगरपालिका-२ तिखातलका ६५ वर्षीय गोलान्दर विक रहेको प्रहरीले जनाएको छ ।

शनिबार दिउँसो ३ हजार ८ सय ४१ मिटर उचाइमा रहेको मन्दिर परिसर पुगेपछि बेहोस भएका थिए । उनको उच्च भेगमा श्वासप्रश्वासका कारण मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x