समाज

अछाममा बँदेलको आक्रमणबाट एकजना घाइते

इकागज |
बैशाख २१, २०८१ शुक्रबार २१:११ बजे

फाइल तस्बिर

अछाम- अछाममा बँदेलको आक्रमणबाट एक जना घाइते भएका छन् । जिल्लाको कमलबजार नगरपालिका ढुङ्गाल्लाका ५२ वर्षीय शिवराम चलाउने घाइते भएका हुन् ।

उनलाई बँदेलले घरको आँगनमा गहुँ केलाइरहेको बेला आक्रमण गरेको अछाम प्रहरीले जनाएको छ । उनको दायाँ हात, दायाँ खुट्टा र निधारमा चोट लागेको छ ।


घाइते चलाउनेको जिल्ला अस्पताल मंगलसेनमा उपचार हुन नसकेपछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको छ ।
 


Author

थप समाचार
x