समाज

झापामा छात्रालाई गोली हान्‍ने पूर्वशिक्षक रहेको खुलासा

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १९:११ बजे

विराटनगर- झापाको दमकमा आज एक छात्रामाथि गोली प्रहार भएकोमा गोली हान्ने उनकै पूर्वशिक्षक रहेको खुलेको छ ।

शुक्रबार परीक्षा दिएर फर्किँदै गरेकी एनिकालाई मध्यान्ह १२ बजे सिरहा घर भएका अमितकुमार यादवले गोली हानेका थिए । 


एनिका दमकस्थित हिमालय माध्यमिक विद्यालय दमकमा कक्षा १२ मा मानविकी संकायमा अध्ययनरत छिन् । उनी ११ मा भर्ना हुन अघिल्लो साल सो विद्यालय गएकी थिइन् ।

प्रधानाध्यापक द्रोणबहादुर श्रेष्ठले घटनामा संलग्न भनिएका यादव उदयपुरमा शिक्षकको रूपमा कार्यरत थिए । एनिकाले ती व्यक्तिले आफूलाई पढाएको बताएकी छिन् ।

अस्पतालकै बेडबाट एनिकाले बोलेको भिडिओ सार्वजनिक भएको छ । भिडिओमा एनिकाले आफूलाई यादवले पढाएको र दमक आएपछि पनि एक–दुई पटक भेट्न आएको भनेकी छिन् ।

प्रेम प्रस्ताव राखेपछि आफूले गलत नियतले नहेर्न भन्दै टाढा भएको बताएकी छिन् । यादव कहाँ बस्थे भन्ने बारेमा आफूलाई थाहा नभएको एनिकाको भनाइ छ ।

नाभि छेउमा गोली लागेकोमा निकालिएको अस्पतालले जनाएको छ । दमकस्थिक लाइफ लाइन अस्पतालका चिकित्सकले अप्रेसन गरी गोली निकालेका हुन् । गोली हान्नुको बाँकी कारण खुलिसकेको छैन ।

 

कक्षा १२ को परीक्षा दिएर फर्किँदै गर्दा छात्रामाथि गोली प्रहार


Author

थप समाचार
x