सुदूरपश्चिम

सुदूरपश्चिमको प्रदेशसभा बैठक आज पनि स्थगित

इकागज |
बैशाख २२, २०८१ शनिबार १७:२४ बजे

धनगढी- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि बोलाएको आजको प्रदेशसभाको बैठक आज पनि स्थगित गरिएको छ । 

आज अपराह्न ५:३० बजेका लागि बोलाइएको बैठक अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गरिएको छ । यसअघि शुक्रबार अपराह्न ५ बजे बस्ने भनिएको प्रदेशसभाको बैठक स्थगित गरिएको थियो । प्रदेशसभाको बैठकमा मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कार्यसूची थियो । 


सत्तासाझेदार नेकपा एमालेले आफूहरूको तयारी नपुगेको र थप छलफल गर्नुपर्ने अडान राखेपछि मुख्यमन्त्री सोडारीले विश्वासको मत पाउने/नपाउनेमा अझै स्पष्ट हुन सकेको छैन ।

५३ सदस्यीय प्रदेशसभामा कांग्रेसका १८, माओवादी केन्द्रको सभामुखबाहेक १०, एमालेको ११, नागरिक उन्मुक्ति पार्टीको सात, एकीकृत समाजवादी पार्टीका चार, राप्रपाको एक र एक स्वतन्त्र सदस्य छन् । 


Author

थप समाचार
x