सुदूरपश्चिम

कैलालीबाट लागूऔषधसहित दुई जना पक्राउ

इकागज |
बैशाख २२, २०८१ शनिबार १३:४५ बजे

धनगढी- कैलालीबाट लागूऔषधसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । रोशन गुरूङ र कबिन्द्र बखरिया पक्राउ परेका छन् ।

गोदावरी नगरपालिका-२ बस्ने २० वर्षीय रोशन गुरूङको घरमा खानतलासी गर्दा कोठामा रहेको फ्रिजमा चुरोटको डब्बाभित्र लुकाई राखेको अवस्थामा १ ग्राम ५४० मिलिग्राम लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । उनको साथबाट नगद १० हजार समेत फेला पारी नियन्त्रणमा लिइएको हो । 


यस्तै गौरिगंगा नगरपालिका–८ घर भई हाल धनगढी उपमहानगरपालिका–७ देबरीया स्थित राधेश्याम श्रेष्ठको घरमा कोठा गरी बस्ने २७ वर्षीय कबिन्द्र बखरीयाको कोठामा चेकजाँच गर्दा उनले लुकाई राखेको १ ग्राम ८३० मिलिग्राम लागूऔषध फेला पारी उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कबिन्द्रको साथबाट नगद ३६ हजार र लागूऔषध फेला पारी नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलालीमा राखि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Author

थप समाचार
x