बागमती

हेटौंडा बसपार्कमा युवामाथि खुकुरी प्रहार, गम्भीर घाइते

इकागज |
बैशाख २२, २०८१ शनिबार १४:९ बजे

हेटौंडा- हेटौंडा बसपार्कमा शनिबार बिहान एक युवकमाथि खुकुरी प्रहार भएको छ ।

जितपुर सिमरा उपमहानगरपालिका- १६ महेन्द्रनगर बस्ने वर्ष १९ को आयुष कुँवरमाथि खुकुरी प्रहार भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।


हेटौंडा उपमहानगरपालिका- ३ बसामाडी घर भई हाल हेटौंडा–११ थानाभर्‍याङ डेरा गरी बस्ने वर्ष २० को समिर थिङ र १८ वर्षीय पञ्च बहादुर तामाङले कुँवरमाथि खुकुरी प्रहार गरेका हुन् ।

प्रहरीका अनुसार खुकुरी प्रहारबाट कुँवरको टाउको, गर्दन र दाहिने हातको कान्छि औलामा चोट लागेको छ । उनको उपचारको लागि हेटौंडा अस्पतालमा पठाइएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि शनिबार बिहान चुरेहिल अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ ।

घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न दुवै जनालाई खुकुरीसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालय मकवानपुरले कारबाही प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।


Author

थप समाचार
x