बागमती

काउले वनमा लागेको डढेलो वस्तीमा पस्यो, एक जनाको मृत्यु

इकागज |
बैशाख २१, २०८१ शुक्रबार ९:१८ बजे

दोलखा- रामेछाप नगरपालिका-८ को काउले सामुदायिक वनमा लागेको डढेलो वस्तीमा पस्दा एक महिलाको मृत्यु भएको छ । बिहीबार बेलुका डढेलो घरमा सल्किएपछि जलेर रामेछाप नगरपालिका-८ की  ३२ वर्षीया रमिता तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

डढेलोका कारण बस्तीका दुई घर जलेका छन् । साथै ४८वटा पशु पनि आगलागीमा परेर मरेको रामेछाप प्रहरीले जनाएको छ ।



Author

थप समाचार
x