मधेश

रौतहटमा अत्यधिक गर्मीले खोलानाला सुके, पानी नपाएर मर्न थाले जनावर

इकागज |
बैशाख १९, २०८१ बुधबार १०:२५ बजे

रौतहट- जिल्लास्थित लाल वकैया नदिलगायत स-साना खोला नाला सुक्न थालेपछि चौपाया र चराचुरुङ्गी मर्न थालेका छन् ।

करिब दुई महिना आगाडिदेखि लाल बकैया नदि सुकेका छन् । पछिल्लो पटक २०७९ साल फागुन महिनामा पानी परेको थियो । त्यसपछि लगातार तापक्रम दैनिक बढिरहेको छ । हिजो (मंगलबार) रौतहटकोअधिकतम तापक्रम ४४ डिग्री सेल्सिएस रेकर्ड गरिएको थियो ।


तापक्रम बढेसँगै पश्चिमी वायुको तेज गतिले समान्य मानिसको जनजीवनलगायत सबै सजिव प्राणी बोट बिरूवाको साथै बाली नालीमा समेत असर परेको छ । यसैबीच पानी खान नपाएर जिल्लाका देवाही गोनाही नगरपालिका- २ स्थित एउटा जंगली चौपाया घोडगदहा मृत अवस्था फेला परेको पत्रकार कमल यादवले बताए । 

प्राकृतिक खोला नदि सुकि सकेका कारण जंगली जनावर छाडा पशुपंक्षी पानी खान नपाएर मर्न थालेको पत्रकार यादवले बताए । सम्बन्धित निकायलाई कृत्रिम पोखरी स्थापना गरि पशुपक्षीलाई पानी खाने व्यवस्था मिलाउनुपर्ने पत्रकार यादवले बताए । लाल बकैया नदिको दायाँ बायाँ करिब ५ /५ किलो मिटर दुबैतर्फ दुरीमा निजी तथा सार्वजनिक पोखरी नरहेका कारण जंगली तथा छाडा चौपायालाई पानी खान समस्या भएको देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बताए । 

पानीको समस्या मधेशमै बढ्‌दै गएको बताउँदै नगरप्रमुख साहले यस्तै गर्मी रहे प्राय जसो हैण्पाइप सुक्ने र मानिसलाई पानी खानसमेत समस्या हुने बताए । चौपाया तथा जंगली जनावर चराचुरुङ्गीलाई आफुले स्थानीय स्तरबाट जन श्रमदान गरि सुकि सकेको लाल वकैया नदिमा पोखरी खनेर पानी खानका लागि व्यवस्था मिलाउन प्रयास गर्ने पुर्व नगर प्रमुख धर्मेन्द्र पटेलले बताए ।


Author

थप समाचार
x