कोशी

झापाबाट ३८ लाखभन्दा बढीको लत्ताकपडा बरामद

इकागज |
बैशाख १९, २०८१ बुधबार १२:४५ बजे

झापा- झापा जिल्लाको मेचीनगर नगरपालिका- ७ गौरिगाउँ र सालघारीस्थित मकैवारीबाट बैशाख १८ गते करीव ३८ लाख ३७ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद भएको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडा प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाले बरामद गरेको हो ।


बरामद लत्ताकपडा मेची भन्सार कार्यालय काँकडभिट्टामा बुझाइएको छ ।


Author

थप समाचार
x