राजनीति

मुलुकको ठूला-ठूला परिवर्तन मिडिया क्षेत्रकै कारण सफल भयो : मन्त्री गिरी

इकागज |
बैशाख २२, २०८१ शनिबार २१:३४ बजे

काठमाडौँ- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले राज्यले गरेका कमजोरीलाई सजक गराएर मिडिया क्षेत्रले मुलुकमा सुशासन कायम गर्न भूमिका खेलको बताएका छन् ।

डिजिटल मिडिया फाउण्डेशनले शनिबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री गिरीले मुलुकको ठूला-ठूला परिवर्तन मिडिया क्षेत्रकै कारण सफल भएको र राज्यले गरेका कमजोरीलाई सजक गराएर मिडिया क्षेत्रले मुलुकमा सुशासन कायम गर्न भूमिका खेलको बताएका हुन् ।


उनले अरूलाई सुशासन कायम गर्न झकझकाउने मिडिया क्षेत्र आफैँ पनि मर्यादित र उत्तरदायी बन्नुपर्ने उल्लेख गरे । मन्त्री गिरीले साना कमजोरीका कारण हुने गल्तीले मिडिया क्षेत्रको मनोबल कमजोर हुने भन्दै सजक हुनुपर्ने सुझाव दिए ।

कुनै मिडियाकर्मीले काम गर्दा हुने कुनै क्षतिको क्षतिपूर्ति दिनका लागि आवश्यक निकाय जिम्मेवार हुने अवस्था सिर्जना गर्नुपर्ने उनले बताए । उनले श्रमजीवी पत्रकार ऐन बने पनि कार्यान्वयन हुन नसकेको अवस्थामा आफूले विशेष ध्यान दिने धारणा राखे ।


Author

थप समाचार
x