राजनीति

नवप्रवर्द्धन कार्यक्रमका लागि छुट्याइएको ८८ करोड रकम अहिलेसम्म प्राप्त भएको छैन : मन्त्री जोशी

इकागज |
बैशाख २१, २०८१ शुक्रबार १७:१४ बजे

काठमाडौँ- सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले मन्त्रालयका विभिन्न कार्यक्रममाथि छुट्याइएको बजेट अझै प्राप्त नभएको बताएका छन् ।

सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले मन्त्रालयको नवप्रवर्द्धन कार्यक्रमका लागि ८८ करोड छुट्याए पनि अहिलेसम्म सो रकम प्राप्त हुन नसकेको बताए ।


तराई मधेश समृद्धि कार्यक्रमको अवस्था पनि त्यस्तै रहेको उनले बताए ।

मन्त्री जोशीले आफू मन्त्रालयमा आउँदा पुँजीगत खर्च जम्मा ९ प्रतिशत मात्रै रहेको धारणा राखे । उनले कर्मचारी व्यवस्थापनमा पनि समस्या देखिएको भन्दै धेरै स्थानमा निमित्तका भरमा चलाउनुपरेको बताए ।

मन्त्री जोशीले संघीय निजामती सेवा ऐनलाई महत्वका साथ अघि बढाउनुपर्ने अवस्था देखिएको बताए । कर्मचारीको समस्या कानुनी रूपले समस्या गर्ने अवस्था नरहेको उनको भनाइ छ ।


Author

थप समाचार
x