युक्रेनमा पछिल्लो २४ घण्टामा के-के भयो ?
युक्रेनमा-पछिल्लो-२४-घण्
युक्रेनमा रुसी आक्रमणको १३ औं दिनमा प्रवेश गरेको छ । विगत २४ घण्टाका केही प्रमुख घटनाक्रमहरू यहाँ प्रस्तुत गरेका छौँ ।
– युक्रेनले रुसी आक्रमणले नागरिकहरूलाई आफ्नो घेराबन्दीमा परेका सहरहरू सुरक्षित रूपमा बाहिर निकाल्नबाट रोकेको बताएको छ ।
– युक्रेनभरि दशौं हजार मानिसहरू बिजुलीविहीन छन् र बन्दरगाह सहर मारिउपोलमा खाना र पानीको अभाव भइरहेको छ ।
– रुस र युक्रेनबीचको तेस्रो चरणको शान्ति वार्ता थोरै सहमतिमा टुंगिएको छ । चौथो राउण्ड मंगलबार हुनेछ ।
– अमेरिका, फ्रान्स, जर्मनी र बेलायतले युक्रेनमा रुसको ‘अनुचित’ आक्रमणको लागि लागत बढाउन जारी राख्ने वाचा गरेका छन् ।
– रुसले पश्चिमी प्रतिबन्धको बदलास्वरूप युरोपमा आफ्नो प्राकृतिक ग्यास आयात कटौती गर्ने धम्की दिएको छ ।
– भिडियो सम्बोधनमा युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले भने कि ‘यस युद्ध जित्नको लागि लामो समयसम्म किभमा रहनेछन्’।
– कोका-कोला र म्याकडोनाल्ड्स रसियाबाट फिर्ता हुन नसकेपछि सम्भावित उपभोक्ता बहिष्कारको सामना गरिरहेका कम्पनीहरू हुन् ।
– युक्रेनले खार्किभ नजिकैको युद्धमा एक शीर्ष रूसी सेना कमाण्डर मारेको दाबी गरिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया