कूटनीति

पर्यटनमन्त्री तामाङसँग नेपालका लागि अवैतनिक भुटानी राजदूत मेजर नाम्गेलको शिष्टाचार भेट

इकागज |
बैशाख १८, २०८१ मंगलबार २१:४६ बजे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीमा हितबहादुर तामाङसँग नेपालका लागि अवैतनिक भुटानी राजदूत मेजर जनरल भि. नाम्गेलको शिष्टाचार भेटवार्ता भएको छ ।

आज भएको सो शिष्टाचार भेटवार्तामा लुम्बिनी क्षेत्रमा भुटानी गुम्बा निर्माणको लागि जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाउन प्रस्ताव पेस भएको छ । साथै गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवा तथा पोखरा अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलमा भुटान-नेपाल सिधा उडानका लागि प्रारम्भिक छलफल समेत भएको बताइएको छ ।



Author

थप समाचार
x