कला

वैवाहिक बलात्कार प्रकरण : प्रहरी कार्यालयमा आफै उपस्थित भए नेपाल आइडलका विजेता रवि ओड

इकागज |
बैशाख ३०, २०८१ आइतबार ७:१३ बजे

काठमाडौँ- नेपाल आइडल- २ का विजेता रवि ओड प्रहरी कार्यालयमा आफै उपस्थित भएका छन् । बिहीबार कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमा आफै उपस्थित भएका हुन् ।

ओडविरुद्ध आफ्नै श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी थिइन् । ओडकी श्रीमतीले २०८० चैत २० गते उजुरी दिएकी थिइन् ।


उनलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए ।


Author

थप समाचार
x