कृषि

' बिना भन्सारका प्याज बोकेका दैनिक ८ देखि १० ट्रक वटा कालीमाटी आउँछन्'

इकागज |
पुस १३, २०८० शुक्रबार १८:३५ बजे

काठमाडौँ- बारामा अवैध रुपमा ल्याइएको ट्रकसहित प्याज प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रबार बिहान पथलैयाबाट खटिएका प्रहरी चेकिङ्ग टोलीले जीतपुर सिमरा उपमहानगरपालिका १ मा ट्रकसहित प्याज नियन्त्रणमा लिएको हो ।

ना ६ ख २६२५ नम्बरको ट्रकलाई रोकी चेकजाँच गर्दा बिल गिट्टीको देखाएको तर ट्रक भित्र १७,७३० किलो अवैध प्याज राखिएको थियो । ९ लाख ३० हजार ८२५ रुपैयाँ बराबर प्याज बरामद भएको प्रहरीले जनाएको छ ।


भन्सार छली गरी ल्याइएको प्याज र ट्रक नियन्त्रणमा लिई थप अनुसन्धानको लागी राजस्व कार्यालय पथलैयामा पठाईएको प्रहरीले जनाएको छ ।

त्यसैगरी पछिल्लो समय दैनिक भारतको विभिन्न नाकाबाट प्याजसहितको ट्रक छिर्न थालेको छ । कालीमाटीमा ट्रकहरूले बिना बिलका प्याज ल्याउने गरेको व्यापारीहरूले बताएका छन् ।

कालीमाटीमा बिना भन्सारका ८ देखि १० वटा ट्रक अहिले पनि भित्रिने गरेको एक व्यापारीले बताएका छन् । कालो बजारीका प्याज भित्रिन थालेपछि सस्तो मूल्यमा प्याज पाइन थालेको उनले बताए ।

खुला सीमाका कारण देशका विभिन्न नाकाबाट प्याजका ट्रक बिना भन्सार काठमाडौँ भित्रिने गरेको उनको भनाइ छ । ‘बिना भन्सारका प्याज भित्रिदा राज्यलाई दैनिक करोड बढी राजश्व घाटा लागिरहेको छ,’ उनले भने,' सरकारले कालीमाटीमा प्याजको गोदाममा अनुगमन गरेमा सब बिना भन्सारका प्याज धेरै भेटिन्छन् ।'

बजारमा अहिले प्याज सस्तो पाउन थालेको उनले बताए । भन्सार तिरेर ल्याउँदा प्याज मँहगो हुँदा बिना भन्सार प्याज आयात गर्दा सस्तो हुने गरेको उनको बुझाइ छ ।

 

 

 


Author

थप समाचार
x