फोटो फिचर

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण (फाेटाे फिचर)

अनुज बज्राचार्य |
बैशाख १८, २०७९ बजे

काठमाडाैँ – वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथारोहण गरिएको छ ।  

आइतबार वैशाख शुक्ल प्रतिपदाको दिन मच्छिन्द्रनाथको रथारोहण गरिएको हो । यही बुधबार पुल्चोकबाट रथ यात्रा सुरु हुनेछ । रथारोहणपछि गुरुजुको पल्टनले बन्दुक पड्काएर बढाइ गरेको थियो ।


रातो मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको सबैभन्दा लामो जात्रा हो । रथलाई जात्रा अवधिभर ललितपुरको टोलटोलमा घुमाइन्छ । सर्वसाधारणले आफन्त बोलाएर भोज गरी जात्रा मनाउने गर्दछन् ।

करिब एक हजार ६०० वर्ष रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख महिनाको शुक्ल पक्ष प्रतिपदा देखि सुरू भएर असार शुक्ल चौथीसम्म करिब दुई महिनासम्म मनाइन्छ।

हिन्दू धर्मावलम्बी मछिन्द्रनाथलाई ऐतिहासिक सन्त गुरु करुणामयको रूपमा पुज्छन् भने बौद्ध धर्मावलम्बी ‘पद्मपाणि’ (पञ्चबुद्धमध्येका चौथो बुद्ध) का रूपमा पूजा गर्ने गर्छन् ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार