फोटो फिचर

एक डोज खोप र एक थान कार्डका लागी लाइन [फोटो फिचर]

अनुज बज्राचार्य |
पुस २९, २०७८ बजे

काठमाडौँ : सरकारले सार्वजनिक सेवा लिन खोप कार्ड अनिवार्य गरेपछि काठमाडौँ उपत्यकाका अस्पतालमा खोप लगाउनेको भिड लाग्न थालेको छ । सीसीएमसीको सिफारिसमा गृह मन्त्रालयले सार्वजनिक सेवा लिन खोपकार्ड अनिवार्य गरेपछि अस्पतालमा खोप लगाउने र कार्ड बनाउनेको भिड लाग्न थालेको हो ।


अहिले दैनिक काठमाडौँमा रहेका वीर अस्पताल, शिक्षण अस्पताल, सिभिल अस्पताल र टेकु अस्पतालमा कोभिड खोप लगाउने र खोप कार्ड बनाउनेको भिड लाग्न थालेको देखिन्छ । खोप कार्ड बनाउनका लागि सर्वसाधारण घण्टौ लाइन लाग्ने गरेका छन् भने लामो समय पालो पर्खेर पनि कसैले खोप पाउन सकेका छैनन । 

सरकारल खोपको अतिरिक्त मात्रा लगाउनुका साथै खोपकार्ड समेत दिने भएपछि अस्पतालमा खोप लगाउनेको भिड बढ्न थालेको हो । पछिल्लो समय दैनिक कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमण बढेपछि सरकारले काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’को तयारी गरेको छ । काठमाडौँ उपत्यकाका अस्पतालमा अहिले कोभिशिल्ड, भेरोसेल, जोनसोन लगायतका खोप लगाउने काम भइरहेको छ ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार