फोटो फिचर

सेतो मच्छिन्द्रनाथको महास्नान सम्पन्न (फोटो फिचर)

अनुज बज्राचार्य |
पुस २६, २०७८ बजे

काठमाडाैँ - सेतो मच्छिन्द्रनाथको महास्नान सोमबार सम्पन्न भएको छ । 

पुस शुक्ल अष्टमीको दिन काठमाडौँको केलटोलमा रहेको सेतो मच्छिन्द्रनाथको महास्नान गराउने परम्परा सम्पन्न भएको हो ।


सेतो मच्छिन्द्रनाथलाई हिन्दूहरु हरिहरका रुपमा, बौद्ध धर्मावलम्बीहरु आर्यावलोकितेश्वरका रुपमा र वैष्णवले नारायणका रुपमा पूज्ने गर्दछन् ।

महास्नान गराउन मूर्तिलाई मन्दिरमा नियमित राख्ने स्थानबाट बाहिर निकालेर डबलीमा राखिन्छ । त्यसपछि मूर्तिलाई लगाइदिइएका सबै कपडाहरु फुकालिन्छ र शोभाभगवतीमा रहेको निर्मल तीर्थबाट ल्याएको जलले स्नान गराइन्छ ।

त्यसअघि मूल पुरोहितले कुनै विघ्न बाधा नआवस् भन्दै पूर्व–पश्चिम, उत्तर–दक्षिण, अग्नि, नैऋत्य, वायु, इशान, तल र माथि रहेका देवताको पूजाआजा गर्छन् । यो कार्यक्रम सुरु हुनुअघि बसन्तपुरबाट जीवित देवी कुमारीलाई ल्याइएको हुन्छ ।

 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार