फोटो फिचर

फोटो फिचर

नयाँ बनाउने भन्‍दै धमाधम भत्‍काइयो महाकविको घर

काठमाडौँ - महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित घर संग्रहालयका लागि भत्काउन सुरु गरिएको छ । काठमाडौं महानगरपालिका-३० मैतीदेवीस्थित महाकवि देवकोटाको घर सरकारले किनेर नेपाल प्रज्ञा प्रतिष्ठानअन्‍तरगत संग्रहालय बनाउन लागिएको हो । 


महाकवि देवकोटाकी छोरी अम्बिकादेवी रिमालले प्रज्ञा प्रतिष्ठानले राम्रो काम गर्नकै लागि घर भत्काएको हुनसक्‍ने विश्वास रहेको प्रतिक्रिया दिइन् । 'एकेडेमीमा सबै बुद्धिजिवी व्यक्तिहरू बस्नुहुन्छ । उहाँहरूको तजबिजले राम्रै गर्नुहुन्छ भन्ने आशामा छु । उहाँहरू जे गर्नुहुन्छ राम्रै गर्नुहुन्छ भन्ने मलाई लागेको छ,' उनले भनिन् ।

महाकवि देवकोटाको घर सरकारले २ करोड ५० लाखमा किनेको हो । 

यो पनि

बिजुली बिलको घेराबन्दीमा महाकविको घर (फोटो फिचर)

 



Author

यमन मानन्धर

मानन्धर इकागजका क्रेयटिभ हेड हुन् ।

थप समाचार