फोटो फिचर

इन्द्रको पूजा-आराधना गरी मनाइयाे इन्द्रजात्रा [फाेटाेफिचर]

अनुज बज्राचार्य |
भदौ २४, २०७९ बजे

काठमाडौँ- काठमाडौँ उपत्यकामा सांस्कृतिक तथा ऐतिहासिक इन्द्रजात्रा पर्व मनाइएको छ ।


विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षाका देवता इन्द्रको पूजा-आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ तान्ने गरिन्छ । रथ तान्नु अघि वसन्तपुरमा राष्ट्रपति लगायत उच्च पदस्थ व्यक्तित्वहरू उपस्थित भई जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गरेका थिए । त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा लगायतले वसन्तपुर गद्दी बैठकबाट इन्द्रजात्रा पनि अवलोकन गरे ।

विभिन्न देवी-देवताको गण, पुलुकिसी, सवःभक्कु, महाकाली, लाखे, झ्यालिञ्चा आदिले पनि तिनै देवी-देवताको रथसँगै शहर परिक्रमा गरेका छन् । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजाराधना गरी मनाइने परम्परागत इन्द्रजात्रा काठमाडौँ, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा पनि मनाइन्छ ।



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार