फोटो फिचर

२०७७ को समीक्षा-१२

देशको दशा दर्साउने ७७ का तस्बिर (फोटो फिचर)

सरोज बैजु |
बैशाख १, २०७८ बजे

काठमाडौँ : कोभिड-१९ महामारीले २०७७ साल नेपालीको दशाको वर्ष बन्यो । एकातिर महामारी, अर्कोतिर गहिरिएको राजनीतिक संकटले गर्दा नेपाली नराम्ररी निराश बने ।


संसद विघटन गरेर बालुवाटार बचाउन शक्ति खर्चिएका प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध महिनौ सडक संघर्ष बन्यो । देशमा हत्या हिंसाका घटना बढे । त्यसविरुद्ध माइतीघर मण्डलामा दैनिक विरोध प्रदर्शन भयो ।


वृहत् नागरिक आन्दोलनले प्रदर्शन चर्कायो । जसले देशको वास्तविक दशा बोल्यो । पीडितको घाउ चहराईरहदा आन्दोलनले न्याय दिलाउने आवाज बोल्यो । तर शासकले सुनेनन् ।  जनताको आवाज नसुन्ने शासकलाई ब्युँझाउने तस्बिरले आम सर्वसाधारणका सामाजिक सञ्जालमा सजिए । फेसबुक र ट्वीटरका भित्ता पनि रंगिए । 

कतै लकडाउनको पीडा भयो । कतै शासकले दिएको सास्ती । सार्वजनिक संस्था जोगाउने नागरिकको आवाज दबाउन सरकारले सुरक्षाकर्मीलाई परिचालन गर्यो ।
तर जनताको मर्म बुझेन् । समग्रमा यस्तै पीडा, समस्या र सास्तीबाट ७७ साल बित्यो । 


 



Author

सरोज बैजु

दृष्य कथा संकलनमा रुची राख्ने बैजु फोटो पत्रकार हुन्।

थप समाचार