फोटो फिचर

‘प्रिन्सिपलज्यू, के तपाईंको कलेज सुरक्षित छ ?’ [फाेटाे फिचर]

अनुज बज्राचार्य |
असार ४, २०७९ बजे

काठमाडौं– काठमाडौंको माइतीघर मण्डलामा महिला उत्पीडनविरुद्ध खबरदारी प्रदर्शन भएको छ । 

‘आजाद मोर्चा’ नामक अभियानको अगुवाईमा भएको उक्त प्रदर्शनमा प्रदर्शनकारीले ‘सम्पादकज्यू, के तपाईंको समाचार कक्ष सुरक्षित छ ?’, ‘प्रिन्सिपलज्यू, के तपाईंको कलेज सुरक्षित छ ?’,


‘५० वर्ष नै किन नहोस् तर सजाय पाउनैपर्छ’, ‘भागेर जाऊँ कुन ठाउँ जाऊँ हिंसा नहुने सहर हुँदैन’लगायतका महिलामाथि हुने यौन हिंसाविराेधी नारा लेखिएका प्लेकार्ड समाएर प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा यौन हिंसा सम्बन्धित नाटक पनि मञ्चन गरिएको थियो । 
 



Author

अनुज बज्राचार्य

बज्राचार्य इकागजका फोटो पत्रकार हुन् ।

थप समाचार