आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी

डडेल्धुरा–डडेल्धुराको नवदुर्गा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा दुवै पदमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा लक्ष्मी प्रसाद अवस्थी  र उपाध्यक्षमा निर्मला कुमारी बोगटी विजयी भएका हुन् । 

अध्यक्षमा अवस्थीले २८७९ मत ल्याए ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी समाजवादीका कविन्द्र बहादुर बिष्टले २६०६ मत प्राप्त गरे। त्यस्तै उपाध्यक्षमा ३२०८ मतका साथ बोगटी विजयी हुँदा उनका निकट प्रतिद्वन्द्वी समाजवादीकी चन्द्रादेवी रुपालीले २३६७ मत प्राप्त गरिन् ।