देउवा र आलेविरुद्धको अवहेलना मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र माथेमाको इजलासमा

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा र संस्कृतिमन्त्री प्रेम आलेलगायत विरुद्ध दायर अवहेलना मुद्दाको पेसी न्यायाधीशहरू बमकुमार श्रेष्ठ र सुष्मालता माथेमाको संयुक्त इजलासमा तोकिएको छ । रिट निवेदक राजकुमार क्षेत्री हुन् ।
नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकबाट सरकारले हटाएपछि उनी २१ पुस २०७८ मा सर्वोच्च पुगेका थिए ।
२३ पुसमै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कारण देखाउ र अल्पकालीन आदेश जारी गरेको गरेको थियो । र, आदेश कार्यान्वयन नभएको भन्दै २७ माघमा उनले प्रधानमन्त्री देउवा, संस्कृतिमन्त्री आलेसहित विरुद्ध अवहेलना मुद्दा दायर गरेका थिए ।
उक्त मुद्दालाई पूर्ण सुनुवाइ गर्न न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको संयुक्त इजलासले ६ चैत २०७८ मा आदेश दिएका थियो ।
देउवा सरकारले क्षेत्रीलाई हटाएपछि महानिर्देशकमा प्रदीप अधिकारीलाई नियुक्त गरिसकेको छ ।

न्याय सम्पादनमा न्यायकर्मीले सेवाग्राहीबाट अतिरिक्त आर्थिक लाभ लिनु हुँदैनः अध्य…
विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

रामबहादुर बम्जनको मुद्दा उच्च अदालतले उल्ट्यायो
५ वर्षमा नि टुंगिएन् संवैधानिक निकायका ५२ नियुक्तिको मुद्दा, आज पनि हेर्दाहेर्…
सेनिटरी प्याड खरिदमा भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर
विशेषको फैसलाविरुद्ध अख्तियार पुग्यो सर्वोच्चमा

प्रतिक्रिया