सिरहाबाट १० हजार ६ सय ४० विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदै

सिरहा – कोरोना भाइरस महामारीका कारण पछिल्लो दुई वर्ष देखि हुन नसकेको एसईई परीक्षा यस वर्ष आगमी वैशाख ९ गते शुक्रबारदेखि सञ्चालन हुने भएको छ। यसपालिको एसईई पहिलाकै जस्तो सामान्य अवस्थामा सुरु गर्न लागेको हो ।
एसईई परीक्षामा सिराहा जिल्लाबाट १० हजार ६ सय ४० जनासमेत गरि देशभरबाट ५ लाख १४ हजार ७ सय ६० जना छात्र–छात्रा सहभागी हुने भएका छन्।
सिराहा जिल्लामा जम्मा एक सय ६२ विद्यालयका विद्यार्थीको लागि ४० परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन हुने शिक्षा विकास तथा समन्वय ईकाई सिरहाका प्रमुख रामवृक्ष महतोले जानकारी दिए ।
प्राविधिक धार तर्फका सवै विद्यार्थीको परीक्षा सदरमुकाम सिरहाको बालमन्दिर विद्यालयमा हुने समन्वय ईकाई प्रमुख महतोले जनाए । अघिल्लो २ वर्ष सम्म ग्रेड वृद्धिको लागि छुट्टै परीक्षा केन्द्र सञ्चालन गरेपनि यो पटक सवैलाई एकैठाउँमा राखेर परीक्षा लिने भएको छ ।

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

प्रतिक्रिया