खुला चौरमा पढ्दै जुम्लाका विद्यार्थी

जुम्ला- जुम्लाको कनकासुन्दरी गाउँपालिका-३ गौरीगाउँमा रहेको नवदुर्गा आधारभूत विद्यालयका विद्यार्थी खुला चौरमा पढ्न बाध्य छन् । विद्यालयमा कक्षा कोठा नहुँदा विद्यार्थी उनीहरू चौरमै बसेर पढ्न बाध्य भएका हुन् । उनीहरू हिउँदको कठ्याग्रिँदो जाडोमा समेत चौरमै बसेर पढिरहेका हुन्थे ।
विद्यालयमा दुई कोठे तीन वटा भवन छन् । भएका भवनसमेत निकै जीर्ण र बस्न लायक छैनन् । विद्यार्थीहरूलाई बस्नको लागि कक्षा कोठा नभएर शैक्षिक सामाग्रीको प्रयोग गरेर शिक्षण गर्न कठिनाइ भएको प्राधानाध्यापक हरीबहादुर बुढा बताउँछन ।
उनका अनुसार विद्यार्थीको गुणस्तर र सिकाई उपलब्धिमा प्रत्यक्ष असर परेको छ । विद्यालयमा तीन देखि १२ वर्ष सम्मका विद्यार्थी आउने गरेका छन् । कक्षा ५ मा अध्ययनरत निराजन बुढाले भने, ‘बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म खुला चौरमा बस्छौँ ।'
४० घरपरिवारका विद्यार्थीले यहाँ अध्ययन गर्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हर्क बुढाले विद्यालयको अवस्था हेरेर कतिपय अभिभावकले विद्यार्थीलाई निजी विद्यालयमा पढ्न पठाउने गरेको बताए । उनले अधिकांश अभिभावकको चासो निजी विद्यालय तिर गएकोले सरकारी विद्यालयको अवस्था निकै जीर्ण हुँदै गएको बताए ।

काठमाडौँ महानगरको छात्रवृत्तिका लागि १६ हजार बढी सहभागी हुने

एम्बार्क अनम्याथको “उद्यमी गणित“ कार्यक्रमः शैक्षिक गणितलाई व्यवहारिक प्रयोगमा रू…

किङ्स कलेजले साउन १०–११ गते नेपाल आन्टरप्रेनरशिप फोरमको आयोजना गर्ने

लुम्बिनी बौद्ध विश्वविद्यालयको १८ औँ सभा, ४९ करोड ५९ लाख बजेट स्वीकृत

केन्द्रबिन्दु प्लस टु एजुकेसन एक्सिलेन्स अवार्डबाट विश्व निकेतन सम्मानित

सुदूरपश्चिम विश्वविद्यालयको सिनेट, एक अर्ब ५४ करोड बजेट स्वीकृत

‘केन्द्रबिन्दु एजुकेसन एक्सिलेन्स अवार्ड २०८२’ सम्पन्न

प्रतिक्रिया