महोत्तरीमा प्रेसर कुकर बम जस्तो शंकास्पद वस्तु फेला

महोत्तरी - महोत्तरीको मट्टीहानी नगरपालिकास्थित धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ । प्रेसर कुकरभित्र तारहरू देखिएको हुनाले बम हुनसक्ने स्थानीयको आशंका छ ।
नगरपालिकाको कार्यालयनजिकै फेला परेपछि अहिले उक्त ठाउँलाई सिल गरिएको छ भने नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थलतर्फ गैइरहेको छ । वरपर बस्ती समेत रहेकाले उक्त ठाउँलाई सिल गरेर अनुसन्धान अगाडि बढाइएको नगर प्रमुख हरि मण्डलले जानकारी दिए ।
झोलाभित्र कुकर र तारहरु समेत देखिएको हुनाले बम नै हुन सक्ने नगरप्रमुख मण्डलको भनाइ छ । अचानक नगरपालिकानजिकै देखिएको उक्त शंकास्पद बस्तु भेटिएपछि अहिले स्थानीय त्रसित बनेका छन् ।

मुस्ताङको दुर्गम साङ्ता गाउँमा सञ्चारको पहुँच विस्तार

जुवातास खेलिरहेको अवस्थामा काभ्रे र भक्तपुरवाट १७ जना पक्राउ

लुलाङमा टेलिकमको मोबाइल फोन सेवा विस्तार

कानेपोखरी दुर्घटनाका घाईते प्रहरी हवल्दारको मृत्यु

बाख्रा खोल्ने क्रममा चट्याङग लागेर वृद्धको मृत्यु

मोटरसाइकलले ठक्करबाट पैदलयात्रीको मृत्यु

आजको मौसम पूर्वानुमान: कोशी, मधेस, बागमती प्रदेशका एकदुई स्थानमा भारी वर्षा…

प्रतिक्रिया