बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

नेपाल-भारत संयुक्त आयोग बैठक माघ १ मा

काठमाडौँ : नेपाल-भारत संयुक्त आयोग (परराष्ट्र मन्त्रीस्तर) को बैठक आगामी विहिबार र शुक्रबार (माघ १ र २ गते)नयाँ दिल्लीमा हुने औपचारिक जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ । दुई दिने बैठकमा सहभागी हुन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार नयाँ दिल्ली पुग्‍नेछन् । 

सोही दिन बैठक आरम्भ हुनेछ । शुक्रबार बैठक सम्पन्‍न गर्दै उनले राजनीतिक भेटघाट गरेर शनिबार फर्कने कार्यक्रम तय गरेका छन् ।  

कामचलाउ सरकारले यो प्रकारको बैठकलाई हतारो किन गरेको भन्‍ने विषयमा प्रश्‍न उठिराख्दा यो भ्रमण हुन लागेको हो । परराष्ट्र मन्त्रालयका अनुसार संयुक्त आयोगको बैठकमा नेपाल-भारत द्विपक्षीय विविध आयामहरू सहित व्यापार, उर्जा, सीमा, पारवहन, कोभिड-१९ सहकार्य, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतमा छलफल हुनेछ ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्च स्तरीय राजनीतिक भेटवार्ता गर्नेछन् । उनको भेटवार्ता कुन तहसम्म हुने स्पष्ट छैन । यद्यपि उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्ने प्रयास गर्नेछन् । उनको भ्रमण दलमा परराष्ट्र सचिव, स्वास्थ्य सचिव, सहसचिव, भारतका लागि नेपाली राजदूत लगायतका रहनेछन् । 

ज्ञवालीले प्रधानमन्त्रीको दूतको रुपमा राजनीतिक भेटघाट पनि गर्नेछन् । उनले विद्यमान परिस्थितिबारे जानकारी दिने र भारतको साथ खोज्‍ने स्पष्ट छ । अन्यथा यति हतारो  गरेर यो बैठक गर्न पर्ने कुनै आवश्यकता नभएको आन्दोलनरत दलहरूको धारणा छ । 

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता

वनमन्त्री ठकुरी र भारतका वातावरणमन्त्री यादवबिच भेटवार्ता