कांग्रेसले सरकारी कदमको विरोध गर्न मिडिया तथा सूचना प्रविधिको उपयोग गर्ने
प्रवक्ता शर्माको संयोजकत्वमा देशका लागि कांग्रेसको आगामी १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा कार्यदल

काठमाडौँ : प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदमविरुध्द देशव्यापी रूपमा संचालन गरिरहेको विरोध कार्यक्रममा सहभागिता बढाउन मिडिया तथा सूचना प्रविधिको अधिकतम उपयोग गर्ने भएको छ ।
कांग्रेस, सूचना, सञ्चार तथा प्रचार विभागको बैठकले कांग्रेसको जारी आन्दोलनलाई प्रभावकारी बनाउन मिडिया र सूचना प्रविधिको उपयोग गर्ने निर्णय गरेको हो ।
बैठकले कोभिड-१९ को खोप नेपालमा यथासक्य छिटो भित्र्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारलाई आग्रह गर्ने निर्णयसमेत गरेको छ ।
बैठकपछि विभागका सचिव दिनेश थापाले जारी गरेको विज्ञप्तिमा विभिन्न उपसमिति पनि बनाइएको उल्लेख छ । बैठकले पार्टी प्रवक्ता विश्वप्रकाश शमाको संयोजकत्वमा देशका लागि कांग्रेसको आगामी १५ वर्षे परिकल्पनाको प्रारम्भिक खाका तर्जुमा कार्यदल बनाइएको छ ।
विभाग डा. सुरेश आचार्यको संयोजकत्वमा नेपाली कांग्रेसले शासन सम्हालेका समयमा भएका कमि कमजोरी अध्ययन कार्यदल बनाएको छ । रामचन्द्र घिमिरेको संयोजकत्वमा नेपाली कांग्रेसको नेतृत्वमा हासिल राजनीतिक र सामाजिक उपलब्धि अध्ययन कार्यदल, डा. संञ्जय महतोको संयोजकत्वमा नेपाली कांग्रेसको नीति र नेतृत्वमा हासिल आर्थिक उपलब्धि अध्ययन कार्यदल र गोपालकुमार झाको संयोजकत्वमा कम्युनिष्ट सरकारको भनाइ र गराइ अध्ययन र संक्षेपीकरण कार्यदल बनाउने निर्णय बैठकले गरेको छ ।
त्यस्तै दिनेश थापा मगरको संयोजकत्वमा मितव्ययी निर्वाचन व्यवस्थापन अध्ययन कार्यदल, इञ्जिनियर दिपेश बिष्टको संयोजकत्वमा सामाजिक संजाल समन्वय उपसमिति, अञ्जना अर्यालको संयोजकत्वमा नेपाली कांग्रेस महिला प्रचार नेटवर्क, विकल राईको संयोजकत्वमा नेपाली कांग्रेस युवा प्रचार नेटवर्क बनाउने निर्णय बैठकले गरेको छ ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया