बुधबार ०१ जेठ, २०८२
Wednesday, May 14, 2025

सरकार असफल भएपछि ओलीले असंवैधानिक कदम चाले : उपेन्द्र यादव

वीरगन्ज : जनता समाजवादी पार्टी, नेपालका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक हर्कतले सबै पक्ष ओझेलमा परेको बताएका छन् । सरकार संचालन गर्न असफल भएपछि प्रधानमन्त्री ओलीले हतासमा असंवैधानिक कदम चालेको उनले आरोप लगाए ।   

वीरगन्जमा मंगलबार संघीय प्रेस फोरमले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा यादवले भने, ‘सरकार सन्चालन गर्न असफल भएपछि ओलीले हतासमा प्रतिनिधि सभा विघटन गरे ।’

संवैधानिक निकायलाई कब्जागरी ओलीले असंवैधानिक कदम उठाएको उनको आरोप छ । उनले भने, ‘ओली संघीयता, गणतन्त्रलाई सखाप पार्ने खेलमा लागेको भए पनि जसपाले त्यस्तो हुन दिँदैन । विभिन्न आन्दोलन, मधेश जनविद्रोह, सशस्त्र विद्रोहको परीणामबाट प्राप्त संघीय लोकतान्त्रि गणतन्त्रलाई समाप्त पार्न खोजिएको छ ।’

ओलीको नियत चुनाव गराउने नभइ सबै निकाय आफनो कब्जामा लिएर तानाशाश बन्ने रहेको उनको आरोप छ । बैशाखमा गर्ने भनिएको निर्वाचन कुनै पनि हालतमा हुनै नसक्ने ठोकुवा उनले गरे । यो राजनीतिक संकटमा चुनाव हुन नसक्ने र जबरजस्ती चुनाव गराउन खोजिए त्यसको वैधानिकता र विश्वनीयता नै नहुने यादवको दाबी छ ।