कांग्रेस निर्वाचनको पक्षमा छ : उपसभापति निधि

जनकपुरधाम : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले कांग्रेस लोकतान्त्रिक प्रक्रिया निर्वाचनको पक्षमा रहेको बताएका छन् । मंगलबार प्रेस युनियन प्रेस युनियन जनकपुरधामद्वारा आयोजित पत्रकार सम्मेलनमा उपसभापति निधिले प्रतिनिधि सभा विघटन असंवैधानिक भए पनि आफूहरू निर्वाचनको पक्षमा रहेको बताए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानविपरीत प्रतिनिधि सभा विघटन गर्नुभयो’ उनले भने, ‘ उक्त कार्य असंवैधानिक मात्र होइन अलोकतान्त्रिक र निरंकुश पनि हो ।
ओलीको निर्णय अवैधानिक हो तर निर्वाचन संवैधानिक हो । यसको विरोध कांग्रेससहितका दल र नेपालीले गरिरहेकै छन् ।’
जन निर्वाचित संस्था आवस्यक रहेको भन्दै उपसभापति निधिले त्यसको दुई वटा विकल्प रहेको बताए । ‘विकल्प के त ? विरोध गरेर बस्नु पनि उचित होइन । संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षार्थ जनप्रतिनिधि चाहिन्छ । चाहे त्यो पुनर्स्थापनबाट होस वा निर्वाचनको माध्यमबाट ।’
नेपाली जनतालाई दुवै विकल्पको लागि तयार रहनुपर्ने उनको धभनाइ छ । सर्वोच्चले निर्वाचनमा जान भनेपछि निर्वाचनपछि मात्र नेपाली काँग्रेसको महाधिवेशन हुने उनले स्पष्ट पारे ।

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

नेपालमा रेल सेवाको विकास र विस्तारमा लगानी गर्न मन्त्री दाहालको आग्रह

बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन…

कृषिउपजको उचित मूल्य र बजार पाउनुपर्नेमा जोड

‘विकाससँग सांसद जोडिनुपर्छ’

नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक

रवीन्द्र मिश्र र प्रसाईलाई थप पाँच दिन हिरासतमा राख्न अनुमति

प्रतिक्रिया