सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

वर्षमान पुनले भने – मेराे महासचिवमा दाबेदारी रहन्छ

काठमाडाैँ – नेकपा (माओवादी केन्द्र) का नेता वर्षमान पुनले आफू महासचिवको दाबेदार भएको बताएका छन्। 

चीनमा उपचार गरी आज स्वदेश फर्केका नेता पुनले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू महासचिवको  दाबेदार भएको बताए ।

`म पूर्ण रूपमा निको भएर स्वादेश फर्किएकाे छु। महासचिवमा मेरो स्वभाविक दाबेदारी रहन्छ', उनले भने, 'सहमतिकै आधारमा बाँकी पदाधिकारी टुंग्याउने कसरत हुन्छ। सहमति भए पनि वा निर्वाचन भए पनि महासचिवमा मेरो दाबी रहन्छ।'

पुन चार महिना लामो उपचारपछि सोमबार स्वदेश फर्किएका हुन्।