लोसपामा महन्थको एकलौटी, महतो भन्छन्- अध्यक्षले अलिअलि पेलिहाल्छन् नि

काठमाडौँ- अध्यक्ष महन्थ ठाकुरले प्रदेश २ को अध्यक्षसहित झन्डै १७ जिल्लामा एकलौटी रूपमा नेतृत्व चयन गरेपछि लोकतान्त्रिक समाजवादी पार्टीमा विवाद बढेको छ ।
ठाकुरले एकलौटी गरेपछि असन्तुष्ट अर्का नेता राजेन्द्र महतो बबरमहलस्थित कार्यालयमा जानै छाडेका छन् । यस बीचमा ठाकुरविरुद्ध प्रदेश २ का नेताहरूले नै धर्ना दिएका छन् ।
आपसी सहमतिविनै प्रदेश २ मा जितेन्द्र सोनललाई अध्यक्ष बनाएको मात्रै होइन, सल्लाह नै नगरी १७ जिल्लामा अध्यक्षको जिम्मेवारी तोकेपछि लोसपामा विवाद भएको हो । जसकारण महतोलगायतका नेता असन्तुष्ट बनेका छन् ।
केन्द्रीय कार्यालय नै जान छाड्नुभयो नि ? सञ्चारकर्मीकाे प्रश्नमा महतोले जवाफ दिए, ‘हिजो अस्ति व्यस्त भएकाले नभ्याएर नगएको हो, अब जानेछु ।’
प्रदेश २ का अध्यक्ष् देखि १७ जिल्लामा अध्यक्ष ठाकुरले एकलौटी निर्णय गरेको विषयमा प्रतिक्रिया लिन खोज्दा महतोले हाँस्दै भने, ‘अध्यक्ष हुन्, अलिअलि त पेलिहाल्छन् नि, यो त अध्यक्षको धर्म नै हो नेपालमा । जे होस्, हामी मिलाउँदैछौं ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया