लोकतान्त्रिक समाजवादीको मोरङमा समानान्तर समिति

मोरङ – लोकतान्त्रिक समाजवादी, नेपालको मोरङमा समन्वय समिति समानान्तर रूपमा गठन भएको छ । समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी कार्य सञ्चालन सुरु गरेको जानकारी दिएको छ । पत्रकार सम्मेलनमा केन्द्रीय संयोजक महन्थ ठाकुरले विधान विपरीत एकलौटी रुपमा मोहम्मद कादिरको संयोजक समिति गठन गरेकामा विरोध गरेका छन् ।
प्रदेश उपाध्यक्ष कामेश्वर रौनियारले बहुमत सदस्यहरूको भेलाबाट इनामुल हक अन्सारीको संयोजकत्वमा गठन गरिएको ३१ सदस्यीय मोरङ कार्यसमितिलाई मान्यता दिनुपर्ने माग गर्दै दबाबमूलक कार्य गर्ने बताए । उनले पार्टीलाई तहसनहस पार्न र मोरङमा रहेको सङ्गठन विस्तारमा अवरोध सिर्जना गर्न केन्द्रले उक्त निर्णय गरेको आरोपसमेत लगाए ।
संयोजक अन्सारीले गएको पुस २४ गते केन्द्रीय सदस्य, प्रदेश सदस्यलगायत १२५ जना अगुवा कार्यकर्ताहरूको भेलाले विधानअनुसार आफूलाई संयोजक घोषणा गरेमा त्यसलाई केन्द्रले मान्यता दिनुपर्ने जोड दिए। पत्रकार सम्मेलनमा मङ्गलबार पार्टी कार्यालय स्थापना गरी सङ्गठन विस्तार कार्यमा लाग्ने उनले जानकारी दिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया