कांग्रेसले भन्यो : कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्छ
‘भारतले लिपुलेकमा सडक विस्तार गरेकोप्रति आपत्ति’

काठमाडौँ – भारतले लिपुलेकमा सडक विस्तार गरेको बारे कांग्रेसले आफ्नो धारणा सार्वजनिक गरेको छ । आज कांग्रेसका महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले ‘लिपुलेक प्रकरण उपर नेपाली कांग्रेसको धारणा’ सार्वजनिक गरेका हुन् ।
महामन्त्रीद्वयले जारी गरेको पत्रमा भनिएको छ, ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भनेर केही दिनअघि एक कार्यक्रममा व्यक्त गर्नु भएको भनाइप्रति नेपाली कांग्रृेसको गम्भीर ध्यानाकर्षण भएको छ ।’
भारतले सडक विस्तार गरेको बारे कांग्रेसले आफ्नो धारणा ७ बुँदामा प्रस्तुत गरेको छ । कांग्रेसले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूभाग भएको स्पष्ट उल्लेख गरेको छ । त्यस्तै नेपालको भोगाधिकार र यी भूगोगलमा काययम हुनुपर्ने कांग्रेसको स्पष्ट धारणा रहेको पनि भनिएको छ । कालापानीबाट भारतीय सैनिक फिर्ता हुनुपर्ने धारणा पनि थापाले जारी गरेको पत्रमा भनिएको छ ।
‘नेपाल भारत संयुक्त आयोगमा दुई देशबीचको सबै प्रश्नमा कुटनैतिक संवादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अबिलम्ब यो रोकिनुपर्छ’ थापा र शर्माले भनेका छन् । दुई देशबीच पुरानो र ऐतिहासिक सम्बन्ध रहेको भन्दै सीमा सम्बन्धी समस्या समाधान कुटनीतिक माध्यमबाट खोज्न कांग्रेसले भनेको छ ।

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

प्रधानमन्त्री ओली र पूर्वराष्ट्रपति भण्डारीबीच च्यासलमा छलफल

प्रत्यक्ष निर्वाचन प्रणालीभित्र समानुपातिक सहभागिता गराउनुपर्छः सभापति देउवा

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

प्रतिक्रिया