राष्ट्रिय सभा निर्वाचन : आजदेखि आचारसंहिता लागू, क-कसलाई लागू हुन्छ ?

काठमाडौं - आगामी १२ माघबाट हुने राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयाेगले आज सोमबारबाट आचारसंहिता लागू गरेको छ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी रुपमा भयमुक्त वातावरणमा सम्पन्न गर्न सरकारी निकायमा रहेका व्यक्ति, निकाय तथा अधिकारीलाई आचारसंहिता लागू गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।
आचारसंहिता क-कसलाई लागू हुन्छ ?
संघ र प्रदेश सरकारका मन्त्री र कर्मचारी
स्थानीय तहका पदाधिकारी र कर्मचारी
सरकारी तथा अर्धसरकारी संस्थाका कार्यालय तथा कर्मचारी
सेना, प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग र प्रदेश प्रहरी कार्यालय तथा सुरक्षाकर्मी
निर्वाचनको काममा संलग्न कर्मचारी
राजनीतिक दल तथा राजनीतिक दलको भ्रातृ संगठन
कारबाहीकाे चेतावनी
आयाेगले आचारसंहिताको पालना गर्नु आह्वान गरेकाे छ। उल्लंघन भएमा कानूनी कारवाही गरिने भन्दै आचारसंहिताको पूर्ण रुपमा पालना गर्न गराउन आयोगले निर्देशन दिएको छ ।
उम्मेदवार तथा सम्बन्धित व्यक्ति, सार्वजनिक पद धारणा गरेको व्यक्ति, पर्यवेक्षक, सरकारी तथा निजी क्षेत्रका सञ्चार माध्यम, सरकारको अनुदानमा सञ्चालित विश्वविद्यालय वा सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई पनि आचार संहिता लाग्ने विज्ञप्तिमा उल्लेख छ । आयोगले निर्वाचनका लागि मनोनयन दर्ता गरेका उम्मेदवारको अन्तिम नामावली आइतबार प्रकाशन र चुनाव चिन्ह प्रदान गरेको थियाे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया