बीपी राजमार्गमा सवारी दुर्घटना बढ्यो

सिन्धुली - जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार बिपी राजमार्गअन्तर्गत सिन्धुली खण्डमा पछिल्लो समय सवारीसाधन दुर्घटना बढ्दै गएको छ । पछिल्लो ६ महिनामा सिन्धुली खण्डमा भएका सवारी दुर्घटनामा मात्रै नौ जनाले ज्यान गुमाइ सकेको ट्राफिक प्रहरीको तथ्यांक छ ।
चालकको लापरवाहीका कारण दिनहुँजासो सवारीदुर्घटना हुने गरेको स्थानीयको भनाइ छ । कमलामाई नगरपालिका–४ की शान्ति कार्कीका अनुसार चालकको लापवाहीले सर्वसाधारणसमेत मार पर्ने गरेका छन् । ‘चालकहरू तीव्र गतिमा सवारी चलाउँछन् । सवारीसाधन अनियन्त्रित भई दुर्घटना भएका समाचार पछिल्लो समय बढी नै सुनिने गरेको छ । चालकबीचको प्रतिस्पर्धाले धेरैजासो दुर्घटना भइरहेको छ,’ उनले भनिन् । पूर्वी नेपालबाट राजधानी काठमाडौं भित्रने माइक्रो बस, जिपका साथै मोटसाइकल, स्कुटरलगायतका सवारीसाधन तीव्र गतीमा चल्ने गरेका छन् । उनीहरूबीच आपसमा हुने प्रतिस्पर्धाले दिनहुँजसो दुर्घटना भइरहेको कमलामाई नगरपालिका–६ का स्थानीय सरोज धमलाले बताए ।
पूर्वी नेपालबाट आएका माइक्रो बसको तीव्र गति कै कारण यात्रा गर्न डर लाग्ने गरेको उनले गुनासो गरे । ‘पूर्वबाट आउने अधिकांश माइक्रो बस तीव्र गतिमा हुन्छन् । बिहान १० बजेपछि मोटसाइकलमा समेत यात्रा गर्न डर हुन्छ । काठमाडौं को चाडो पुग्ने भन्ने माइक्रो बसको प्रतिस्पर्धाले मोटरसाइकलसमेत मारमा पर्छन,’ उनले भने । दुर्घटना कम गर्न लागु गरिएको ‘टाइम कार्ड’ समेत प्रभावकारी नभएको उनको भनाइ छ ।
६ महिनामा नौ जनाको मृत्यु
जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका अनुसार चालू आर्थिक वर्षमा बिपी राजमार्गस्थित सिन्धुली खण्डमा सवारी दुर्घटना परी नौ जनाको मृत्यु भएको छ । साउन, भदौ, असोज, कार्तिक, मंसिर र २० पुससम्म बिपी राजमार्गमा सवारी दुर्घटनामा परी ९ जनाले ज्यान गुमाइसकेका छन् ।
राजमार्गमा बढी मात्रामा मोटसाइकल, स्कुटर दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख कृष्ण क्षेत्रीले बताए । उनका अनुसार राजमार्ग साँघुरो र गुमाउँरो भएकाले तीव्र गतिमा चलाएका धेरै सवारीसाधन दुर्घटनामा पर्ने गरेका छन् । ‘चालककै लापरवाहीले दुर्घटना बढ्दै गएको छ, तीव्र गतिमा सवारीसाधन कुदाउँने, जथाभावी ओभरटेक गर्ने, मापसे गरी गाडी चलाउने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम पालना नगर्दा दुर्घटना बढेको हो,’ उनले भने । सवारी दुर्घटनामा परेका चालकको उमेर २० वर्षभन्दा कमका धेरै रहेको उनले बताए ।
सवारी दुर्घटना न्यूनिकरण गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीले जनचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । साथै सवारी चेकजाँचलाई पनि कडाइ गरेको प्रमुख क्षेत्रीले बताए ।

चिया जाली कालो भयो, छान्न सकेन, उसो भए यो उपाय अपनाउनुहोस्

आजको मौसमः पाँच प्रदेशमा तापक्रम बढ्ने, दुई प्रदेशमा हावाहुरी चल्ने

आज तपाइको भाग्य कस्तो छ? (हेर्नुहोस राशिफल)

५१ लाख ९० हजार ठगी गर्ने दुई जना पक्राउ

‘सूचना प्रविधि सावधानीपूर्वक प्रयोग गर्नुपर्ने’

डिआईजी चतुर्बेदीद्दारा अपराधिक गतिबिधि र तस्करी पुर्ण रूपमा नियन्त्रण गर्न निर्द…

काठमाडौँ प्लाजामा फोहर पानी प्रशोधन प्रणाली जडान, दैनिक प्रशोधन क्षमता ५ हजार…

प्रतिक्रिया