निर्मला कुर्मीको न्यायको माग गर्दै माइतीघरमा ४१ दिनदेखि धर्ना
काठमाडौँ - नेपालगञ्जकी निर्मला कुर्मीको न्यायका लागि माइतीघर मण्डलामा विगत ४१ दिनदेखि धर्ना जारी छ ।
महिला अधिकार मञ्च बाँकेको अगुवाइमा माइतीघर मण्डलामा अधिकारकर्मी रुबी खानलगायतसहित पीडितका आफन्त धर्नासहित रिले अनशनमा बसेका हुन् ।
पीडितले न्याय नपाएसम्म अनिश्चितकालीन धर्नामा बस्ने उनीहरूले बताएका छन् । उनीहरूले निर्मला र नकुन्नी धोबी हत्या प्रकरण छानबिन समितिले पेस गरेको प्रतिवेदन सार्वजनिक गर्न तथा निर्मला कुर्मीको घटनामा सुरुदेखि अनुसन्धान गर्न माग गरेका छन् ।
यस्तै, बाँकेका एसपी श्यामकृष्ण अधिकारी र डिएसपी मधुसुदन न्यौपानेले अभियुक्तलाई संरक्षण गरेको भन्दै उनीहरूलाई अविलम्ब विभागीय कारबाही गर्न पनि पीडित पक्षले माग गरेका छन् ।
अधिकारकर्मी रुवी खानले यसअघि आफुहरुलाई सरकारले आश्वासन मात्र दिएको र निष्पक्ष छानबिन नभएकाले धर्नामा बसेको जानकारी दिए ।
यसअघि धर्नामा गृह मन्त्रालयको टोली पुगेपनि अधिकारकर्मीको अवस्था बुझ्न मात्र गएको बताएको थियो । बेपत्ता पारिएकी निर्मलाको न्यायका माग गर्दै विगत लामो समयदेखि आन्दोलन भइरहेको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया