सभापति देउवाले सबैलाई सँगै लिएर जान ठूलो हृदय राख्नुहुनेछ : महामन्त्री शर्मा

विराटनगर- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सबैलाई सँगै लिएर कांग्रेसलाई अगाडि बढाउनका लागि सभापति शेरबहादुर देउवाले ठुलो हृदय राख्ने बताएका छन् ।
मंगलबार विराटनगर आइपुगेका शर्माले लोकतान्त्रिक अभ्यासलाई आत्मसाथ गर्ने बेलामा नेतृत्वबाट कमजोरी भएको हुनसक्ने भन्दै केन्द्रीय कार्यसमितिले सबैलाई सँगसँगै लिएर जाने बताएका हुन् ।
‘केन्द्रीय कार्यसमितिले सबैलाई सँगसँगै लिएर जानका लागि निम्ति ठुलो हृदय राख्दछ, सभापति जीले राख्नुहुनेछ’ उनले भने, ‘र, अन्य नेताहरुले पनि सँगसँगै समाहित भएर एउटै अभियानमा जाने भन्ने कुरामा हामी प्रष्ट छौं ।’
उनले कांग्रेसभित्र कसले कुन पदमा प्रतिष्पर्धा गरेको, कुन समूहबाट लडेको र कसले कति मत ल्याएको भन्ने कुरा ‘पास्ट टेन्स’ भइसकेको बताए । अब ‘प्रिजेन्ट टेन्स’ मा कांग्रेस एउटा छ भन्ने सन्देश दिनका लागि आफूले भूमिका निर्वाह गर्ने उनले बताए ।
सभापति देउवाले कायम गरेको नेतृत्वको वरियताको विवादबारे बोल्दै महामन्त्री शर्माले कुन नेता कहाँ कुन पदमा छ भन्ने कुराले मात्रै नेता नहुने बताए । उनले राजनीतिमा पद क्षणिक हुने र सिनियारिटीको अलग्गै महत्व हुने टिप्पणी गरे ।
‘को कुन पदमा छ भन्ने कारणले को नेता हो भन्ने हुँदैन, राजनीतिमा पद भन्ने कुरा क्षणिक हुन्छ, राजनीतिमा सिनियरिटीको रुपमा अलग्गै महत्व हुन्छ’ उनले भने, ‘महामन्त्रीका रुपमा विश्वप्रकाश शर्मा होला, पार्टीको नेताका रुपमा त मैले सम्मान गर्नुपर्ने त बरिष्ठ नेता रामचन्द्र पौडेल पर्नुहोला, शेखर कोइराला पर्नुहोला, कृष्ण सिटौला पर्नुहोला, प्रकाशमान सिंह पर्नुहोला ।’
पार्टीमा जसको जति उचाई बनेको छ त्यही उचाईका रुपमा कार्यकर्ताहरुबाट नेताहरुले श्रद्धा प्राप्त गर्ने बताए । राष्ट्रियसभा निर्वाचनमा मनोनयन दर्ताका लागि कांग्रेसको टिकट लिएर आएका महामन्त्री शर्माले प्रदेश १ मा कांग्रेसको कोटाबाट उम्मेदवार बनाइएका गोपाल बस्नेतको टिकट प्रदेश समितिका उपाध्यक्ष एवं राष्ट्रियसभाका सदस्य रमेशजंग रायमाझीलाई हस्तान्तरण गरेका थिए ।
शर्माले अन्य प्रदेशमा सत्ता गठबन्धन बलियो भएपनि प्रदेश १ मा भने एमालेसँग प्रतिष्पर्धीकै रुपमा रहेको बताए । निर्वाचन जित्नका लागि उनले आवश्यक रणनीति बनाइने र गठबन्धनका सवै उम्मेदवार विजयी हुने दाबी गरे ।

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

आतंककारी गतिविधिलाई समर्थन गर्न सकिँदैन : शेखर कोइराला

प्रतिक्रिया