दाहाललाई लक्षित गर्दै ओलीले भने : अरुले तालिम र हतियार दिए त जनयुद्ध, सनयुद्ध पनि हुने रहेछ

काठमाडौँ – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माओवादी जनयुद्धमाथि प्रश्न उठाएका छन् । नेपाल जनसांस्कृतिक महासंघको ३५औँ स्थापना दिवसको कार्यक्रममा बोल्दै ओलीले अरुले तालिम र हतियार दियो भने त जनयुद्ध हुने रहेछ भन्दै टिप्पणी गरेका हुन् ।
‘अरुले तालिम र हतियार दिए त जनयुद्ध सनयुद्ध पनि हुने रहेछ । कम्युनिष्ट भनेको छ । इतिहासको चेत छैन’ उनले भने ।
ठोरी नै रामको जन्मभूमि हो भन्ने ओलीको भनाइको खण्डन गर्दै केही समयअघि माओवादी अध्यक्ष पुष्पकमल दाहालले ओली वामपन्थी नभई रामपन्थी भएको टिप्पणी गरेका थिए । ओलीले आज उक्त टिप्पणीको पनि जवाफ फर्काएका छन् ।
ठोरीमा रामको जन्म भएको भन्दा केही व्यक्तिलाई रिचिराहट भएको पनि बताए ।
‘पहिले नेकपा हुँदा हामीसँगै भएर अहिले छुट्टिएका एकजनाले केपी ओली वामपन्थी होइन रामपन्थी हो भनेछन्’ ओलीले भने ।

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

प्रतिक्रिया