राष्ट्रिय सभाको निर्वाचनमा जनमोर्चाबाट राजेश विश्वकर्मा उम्मेदवार

काठमाडौँ – माघ १२ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनमा राष्ट्रिय जनमोर्चाले उम्मेदवारको टुंगो लगाएको छ । आज सोमबार बसेको सत्तारुढ गठबन्धनको बैठकले जनमोर्चालाई दलित कोटामा एक सिट दिने निर्णय गरेपछि जनमोर्चाले राजेश विश्वकर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको अध्यक्ष चित्रबहादुर केसीले इकागजलाई जानकारी दिए ।
सोमबार बसेको गठबन्धन बैठकले भागबण्डा टुंग्याएको हो । जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलका अनुसार खाली हुने पदमा जसको खाली हुने हो सोही पार्टीको उम्मेदवारलाई गठबन्धनले सघाउने निर्णय भएको छ । एमालेको खाली आठ सिटमा भने गठबन्धनबीच भागबण्डा भएको पौडेलले जानकारी दिइन् । जसमा कांग्रेसले तीन सिट, जसपाले दुई सिट, नेकपा माओवादी र नेकपा (एस)ले एक/एक सिट लिने सहमति बनेको उनको भनाइ छ ।
आगामी फागुनदेखि चारवर्षे कार्यकाल पुरा गरेका राष्ट्रियसभाका २० सांसद बिदा हुँदैछन् । एमालेबाट आठजना, माओवादी केन्द्रबाट चार, नेकपा एकीकृत समाजवादीबाट चार, कांग्रेसबाट तीन र मनोनीत एकजना सांसद बिदा हुने क्रममा छन् ।
कांग्रेसले ६ सिटमा प्रतिस्पर्धा गर्ने छ भने माओवादी र नेकपा एसले पाँच/पाँच सिटमा प्रतिस्पर्धा गर्न पाउने भएका छन् । २० मध्ये १९ जना निर्वाचनबाट चुनिएर आउने छन् भने एक जनालाई मनोनीत गरिनेछ ।

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

प्रतिक्रिया