आइएमई ग्रुपले गर्यो शव वाहन सहयोग

काठमाडौँ - आइएमई ग्रुप अन्तर्गतको अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ। कम्पनीले, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत,बेदकोट नगरपालिका कचंनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण गरेको हो।
अस्पताल हाल प्रयोग हुँदै आएको शव वाहन सानो तथा पुरानो मोडलमा आधारित भएकाले नयाँ र आधुनिक शव वाहन हस्तान्तरण गरेको ग्रुपले जनाएको छ। महामारीको समयमा थप शव वाहन आवश्यकता देखिएकाले प्रक्रिया अगाडि बढाएर अशोक लेलैण्डको दोस्त मोडलमा आधारित शव वाहन किनेको हो। खरिद गरिएको शव वाहन अहिले सम्मक ठूलो र फराकिलो छ।
आइएमई मोटर्सले शव वाहनसहित विशेष सुविधायुक्त एम्बुलेन्स, दमकल, ट्रक टिपर, स्कुल बससहित साना तथा ठूला कमर्सिएल गाडीहरु बिक्रि वितरण गर्दै आएको छ। साथै आर्मी पुलिसका लागी प्रयोग हुने विशेष गाडीहरु पनि उपलब्ध गराउँदै आएको छ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया