शेखर र प्रकाशमानलाई रामचन्द्रको जवाफ : म राजनीति छोड्छु

काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट पार्टीको १४औँ महाधिवेशनमा साझा उम्मेदवार चयन गर्न नेताहरु नमानेपछि आफू राजनीति छोडेर घरै बस्ने चेतावनी दिएका छ्न् ।
सभापतिकै आकांक्षी प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बसेको बैठकमा नेताहरु टसमस नभएपछि पौडेलले भने यस्तो बताएको नेता रामशरण महतले जानकारी दिए ।
‘प्रकाशमान आफैं लड्छु भन्ने, शेखर कोइराला पनि आफैँ लड्ने कोही छोड्न मान्दैनन् । उता रामचन्द्र पौडेल यी दुई लडे भने म पार्टीबाटै बिदा हुन्छु । घरै बस्छु, राजनीतिबाटै सन्यास लिने खालको कुरा गरिरहेका छन्,’ महतले भने, ‘अहिलेको अवस्था हेर्दा मिल्ने नेताहरु मिल्ने देखिएन ।’
यो समूहमा पौडेल र शशांक कोइरालाले भने सहमतिका लागि आफू अडान छोड्न तयार रहेको बताइसकेका छन् । पौडेल समूहको बैठक हिजो पनि चाक्सीबारीमै बसेको थियो । त्यस्तै बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा छलफल भएको थियो । त्यहाँ पनि नेताहरुले साझा उम्मेदवार चयन गर्न दबाब दिएका थिए ।

कांग्रेसलाई गुटउपगुटबाट जोगाउनुपर्नेमा नेताहरूको जोड

ओलीले रवि लामिछानेबाट थालेको प्रतिशोधको श्रृंखला आरजु राणामा गएर टुंगिन्छ :…

चालु आवमा दैनिक २.५५ किलोमिटर सडक निर्माणः प्रधानमन्त्री ओली

लोकतन्त्रका लागि लडेर आएकाले यसको रक्षार्थ कटिबद्ध छौँ : प्रधानमन्त्री ओली

राप्रपा अध्यक्ष लिङदेनले गरे उपाध्यक्ष गिरीलाई पदमुक्त

एमाले पोलिटव्यूरो बैठक शनिबार बस्नेगरी सकियो

मुक्तकमैयाका समस्या समाधान गर्न तीनै तहका सरकार लाग्नुपर्छः मुख्यमन्त्री शाह

प्रतिक्रिया