भोलिदेखि नेपाल आइडल, मुख्य प्रायोजक कोका-कोला

काठमाडौँ - चर्चित रियालिटी सो नेपाल आइडल भोली (मंसिर २३) देखि प्रशारण हुने भएको छ । यसको मुख्य प्रयोजकको रुपमा कोका-कोला रहेको छ । कोका-कोला र नेपाल आइडलको यो दोश्रो वार्षिय सहकार्य हो । कोका-कोला नेपाल आइडल सिजन ३ को पनि मुख्य प्रायोजक रहेको थियो ।
केहिदिन अघि राजधानीमा एपी-वान र कोका-कोलाबीच प्रायोजन सम्झौतामा हस्ताक्षर भएको थियो । हस्ताक्षर कार्यक्रममा बोल्दै बोटलर्स नेपालका कन्ट्री फाइनान्स म्यानेजर राजीव टन्डनले कोका-कोलाले आइकोनिक ग्लोबल रियालिटी शो पप आइडलको नेपाली फ्रयानचाइज नेपाल आइडलसँग गरेको यो दोश्रो वार्षिय सहकार्य हो।
हरेक वर्ष बहुमुखी प्रतिभाका धनी र झन-झन मिठो गाउने प्रतिस्पर्धीहरुको सहभागिताले यो कार्यक्रम अझ रोमान्चक र उत्साहपूर्ण हुँदै गईरहेको बताए । हामी सबैलाई थाहा छ संगीत मानवीय भावना र सम्बन्ध व्यक्त गर्ने विश्वव्यापी भाषा हो । त्यसैले कोका-कोला जहिले पनि संगीतसँग जोडिँदै आइरहेको छ । नेपाली युवाको प्रतिभा उजागर गर्ने यस्तो प्ल्याटफर्ममा जोडिन पाउँदा अत्यन्तै खुसी लागेको बताए ।
नेपाल आइडलका प्रोजेक्ट हेड र डिरेक्टर सुरेश पौडेलले नेपाल आइडलको सिजन ४ मा पनि कोका-कोलासँग सहकार्य गर्न पाउँदा खुसी लागको बताए । 'हामी सबैलाई थाहा भएकै कुरा हो कोका-कोला सँधै संगीतसँग जोडिँदै आइरहेको छ । नेपाल आइडल र कोकको यो सहकार्य पक्कै पनि रिफ्रेसिङ रहेको छ।' उनले भने।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया