महिलालाई तालिम र रोजगारी दिदैं युनिलिभर

काठमाडौँ - युनिलिभरले माइती नेपालमार्फत महिलालाई तालिम एवं रोजगारी दिने भएको छ । मानव बेचबिखन तथा घरेलु हिंशाको सिकार भएका महिलाहरूका निमित्त रोजगारी सिर्जना गर्ने तथा उनीहरूको सामाजिक, आर्थिक र कानुनी क्षमतामा वृद्धि तथा सुधारका लागि संयूक्त रुपमा काम गर्ने भएका छन् ।
आशा नाम दिइएको परियोजना अन्तर्गत मानव बेचबिखन तथा घरेलु हिंसामा परेका महिलाहरुलाई सीपमूलक तालिम दिने भएको छ । परियोजनाको माइती नेपालकी संस्थापक अनुराधा कोइराला र युनिलिभर नेपालका प्रबन्ध निर्देशक अमलन मुखर्जीले संयुक्त रुपमा शुभारम्भ गरेका हुन।
महिलाहरूको रोजगारीले आफ्नो, आफ्नो परिवार र समुदायको जीवनस्तरमा सुधार गर्नुका साथसाथै उनीहरूलाई सबै क्षेत्रमा आर्थिक जीवनमा पूर्ण रूपमा सहभागी बनाई बलियो अर्थतन्त्र निर्माण गर्न, विकास तथा दिगोपनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लक्ष्यहरू प्राप्त गर्न मद्दत गर्नेछ। यसबाट दु:ख पाएका महिलाहरुले रोजगारी वा स्वरोजगारबाट आय आर्जन गर्न सक्ने विश्वास गरिएको छ ।
यी महिलाहरूका निमित्त प्रख्यात ब्रान्डका ब्यूटी पार्लरका साथसाथै एक्स्काभेटर चलाउने, बिक्री तालिमका लागि विज्ञहरूको मार्गदर्शनमा गहन प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने भएको छ । तालिम अवधिभर उनीहरुलाई माइती नेपालको पुनर्स्थापना केन्द्रमा बस्ने व्यवस्था पनि गरिनेछ ।
महिलाहरूको रोजगारीले आफ्नो, परिवार र समुदायको जीवनस्तरमा सुधार गर्नुका साथसाथै विकास तथा दिगोपनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त लक्ष्यहरू प्राप्त गर्न मद्दत मिल्ने विश्वास लिइको छ । कार्यक्रमको माइती नेपालकी संस्थापक अनुराधा कोइराला र युनिलिभरका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले संयूक्त रूपमा उद्घाटन गरेका थिए ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

प्रतिक्रिया