'रियल मी' ले भित्र्यायो नार्जो सेरिज

काठमाडौँ - स्मार्ट फोन ब्रान्ड रियलमीले नेपालमा नार्जो सेरिज भित्र्याएको छ। रियलमीले स्ट्राटेजिक पार्टनर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन-अप नार्जो फिफ्टी सेरिजस् नार्जो ५०आई र नार्जो ५०ए ल्याउने भएको हो। कुनै पनि फिचरहरूमा सम्झौता नगरी आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताका लागि यी फोनहरू निर्विकल्प छनोट हुने कम्पनीको दाबी छ।
नयाँ सिरिज सार्वजनिक गर्न आयोजित कार्यक्रममा बोल्दै मुरारका ग्रुपका निर्देशक शिरिष मुरारकाले भने, ‘संसारकै सबैभन्दा चाँडो वृद्धि भइरहेको स्मार्ट फोन ब्रान्डसँग पार्टनरसिप गर्न पाउँदा हामी गौरवान्वित भएका छौं।
यो सँगै हाम्रो मुख्य उद्देश्य भनेको हाम्रो उपभोक्ताहरूलाई बेस्ट इन क्लास उत्पादनहरू दिने हो र यही सिलसिलामा हामीले हाम्रो पहिलो लञ्चको रुपमा रियलमीको नार्जो सेरिज ल्याएका छौं जुन हाम्रो उपभोक्ताका लागि सबैभन्दा राम्रो गेमिङ प्रोसेसर भएका अत्याधुनिक प्रविधियुक्त फोनहरू हुन्।’ यी दुई फोनको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरूको मन जित्ने लक्ष्य लिएको उनले बताए।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया