भाइबरसँग कोका-कोलाकाे नयाँ साझेदारी

काठमाडौँ - कोका-कोलाले राकुटेन भाइबरसँगको सहकार्यमा कोक एण्ड मील्सको थिम अन्तर्गत कोका-कोला अगमेन्टेड रियालिटी (एआर) भाइबर लेन्स ‘फूड र्याण्डमाइजर’को लन्च गरेको छ।
नेपालमा १ करोड भन्दा बढी भाइबर प्रयोगकर्ताहरूले याे रमाइलो फिल्टरको मजा लिन सक्नेछन्। जहाँ उनीहरूले आफ्ना साथी, सहकर्मी वा परिवारलाई आफ्ना लागि कोक र खानाको लोकप्रिय संयोजनका लागि माग गर्न सक्ने कम्पनीले दाबी गरेको छ।
फिल्टरमा कोक र मस्म, कोक र पिज्जा, कोक र चाउमिन जस्ता लोकप्रिय कोक र मील्सका कम्बोहरू र्याण्डम्ली जेनेरेट हुन्छ। जेनेरेट भएको एउटा कोक एण्ड मील्सको कम्बोमा फिल्टर आएर रोकिएपछि प्रयोगकर्ताले लेन्सलाई सुरक्षित गर्न सक्नेछन्।
कम्बो किनिदिन अनुरोध गरी आफ्ना साथीहरू, सहकर्मी वा परिवारलाई सजिलै पठाउन सक्नेछन् । थप रूपमा, प्रयोगकर्ताहरूले आफ्नो अनुहार पनि फिल्टरमा राख्न सक्ने कम्पनीले जनाएको छ ।
भाइबरका सिनियर निर्देशक डेभिड त्सेले भने, ‘हामी कोका-कोलासँग साझेदारी गरी यो रमाइलो, प्रविधि-संचालित परिवार र साथीहरुलाई विभिन्न खानाको संयोजन पस्किन पाउँदा अत्यन्तै उत्साहित छौँ।’
कोका-कोला नेपालका कन्ट्री डिरेक्टर आदर्श अवस्थीले कोका-कोलाले सबै परिवारलाई साथमा ल्याएर खानाको पललाई विशेष बनाउने बताए।
‘यो नयाँ कोक एण्ड मील्स भाइबर लेन्स विशेष गरी नेपालका युवाहरुमाझ रमाइलो कुराकानी गराउने र कोक र खानाका साथ विशेष पलहरु मनाउने हाम्रो प्रयास हो’, उनले भने, ‘हामी आशा गर्दछौं कि उपभोक्ताहरू भाइबर लेन्स प्रयोग गर्न उत्साहित हुनेछन् । साथै उनीहरुले साथी तथा परिवारसँग यसलाई सेयर गरी रमाइलो गर्नेछन्।’

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया