सल्यानमा नबिल बैंकको दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम

काठमाडौँ- नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङ अन्तर्गत उधमशीलता विकास र वित्तीय पहुँचको लागि समझदारी गरेको हो ।
दार्मा गाउँपालिकामा नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र गाउँपालिका तर्फबाट अध्यक्ष निमबहादुर के.सीले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।
उक्त साझेदारी मार्फत गाउँपालिकाले स्थानीय स्तरमा सञ्चालन गर्ने विभिन्न उद्यम सम्बन्धी कार्यक्रम, तालिम लिएर उद्यम गर्न चाहने उधमीहरुलाई गाउँपालिकाको सिफारिसमा उद्यम गर्न बैंकको नियम अनुसार कर्जा उपलब्ध गराउने र त्यस्ता कार्यक्रम तालिमहरुमा वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रम समेत सञ्चालन गर्ने उद्देश्य रहेको जनाएको छ ।
उक्त कार्यक्रममा कर्णाली प्रदेश संघीय संसद टेकबहादुर बस्नेतको उपस्थिति थियो । उक्त कार्यक्रममा बोल्दै बस्नेतले बैंक तथा वित्तीय संस्थाले उपलब्ध गराउने सेवा सुविधाको सही रुपमा सदुपयोग गर्ने हो भने त्यसले सामाजिक रुपान्तरणमा ठूलो फड्को मार्ने बताए।
नबिल बैंकले गत असार १५ गते देखि नबिल दिगो बैंकिङको सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । कार्यक्रम अन्तर्गत बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा सुरु गरेको छ । बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यो कार्यक्रम १७ वटा दुर्गम शाखाहरुबाट शुरुवात गरी नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया