तीन महिनामा टेलिकमले बढायो ४९% नाफा

काठमाडौँ- नेपाल टेलिकमको खुद मुनाफा ४९ प्रतिशतले वृद्धि भएको जनाएको छ । कम्पनीले असोज मसान्तसम्ममा २ अर्ब २६ करोड खुद नाफा गरेको छ । गत वर्षको सोही अवधिमा १ अर्ब ५१ करोड नाफा गरेको थियो ।
कम्पनीको आम्दानी पनि १३ प्रतिशतले बढेको छ गत आर्थिक वर्षको प्रथम त्रैमासमा कम्पनीको सञ्चालन आय ८ अर्ब ६३ करोड रहेकोमा चालु आर्थिक वर्षको सोही अवधिमा ९ अर्ब ७७ करोड आर्जन गरेको छ ।
यस आर्थिक वर्षको प्रथम ३ महिनामा कम्पनीको कुल आय १० अर्ब ९५ करोड रहेको छ । गत वर्षको सोही अवधिमा १० अर्ब १० करोड थियो ।
टुजी र थ्रीजी सेवाको पहुँच नपुगेका स्थानमा समेत फोरजीसम्मको सेवा विस्तार गरिएकाले ग्राहक वृद्धि हुन गएको कम्पनीले जनाएको छ । कोभिड-१९ को महामारीलाई लक्षित गर्दै कम्पनीले कम मूल्यमा डाटा प्याकेज उपलव्ध गराउँदा सोबाट प्रत्यक्ष रुपमा राजश्व वृद्धि हुने अवस्था नरहेता पनि कम्पनीका सेवाहरुको गुणस्तर अभिवृद्धि, मर्मत सम्भारमा सुधार जस्ता क्रियाकलापहरुबाट कम्पनीका सेवाग्राही आकर्षित हुन गएको कम्पनीको दाबी छ ।
भ्वाइस, डाटा र एसएमएस सेवामा अघिल्लो आवको त्रैमासको तुलनामा यस आवको सोही अवधिमा क्रमश ७, १५ र ३३५ प्रतिशतले वृद्धि भएको कम्पनीले जनाएको छ ।
कम्पनीको नाफा वृद्धि हुनुमा फोरजी सेवा विस्तार हुनु, मोबाइल डाटा, भ्वाइस, एस.एम.एस सेवा आदिको उपयोगमा उल्लेख्य वृद्धि हुनु रहेको कम्पनीले जनाएको छ । कोभिड महामारीका बीच विश्वभर आर्थिक मन्दी रहेको बेलामा कम्पनीको आय वृद्धि हुनुलाई टेलिकमले सफलताको रुपमा लिएको छ ।

यातायात कार्यालयद्वारा २८ करोडभन्दा बढी राजस्व सङ्कलन

तरकारी र फलफूल किन्दै हुनुहुन्छ ? हेर्नुहोस् मूल्यसूची

कतिमा हुँदैछ आज विदेशी मुद्राको कारोबार ?

मेची भन्सारबाट रु १५ अर्ब ९३ करोड राजस्व असुली

सरकारको आम्दानी र खर्च दुवै कमजोर : बजेट खर्च १५ खर्ब २३ अर्ब, आम्दानी १२ खर्ब …

प्रभु हेलिकप्टर १०औँ वर्षमा, आइपिओ निष्कासनको तयारी

आव २०८१/८२ मा २१ खर्ब २४ अर्ब ९१ करोड बराबरको धितोपत्र कारोबार

प्रतिक्रिया