आइतबार ०४ साउन, २०८२
Sunday, July 20, 2025

नबिल बैंक र पोखरा विश्वविद्यालयबिच साझेदारी

काठमाडौँ- नबिल बैंकले पोखरा विश्वविद्यालयसँग दिगो बैंकिङ अन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचकोलागि समझदारी गरेको छ ।

नबिल बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाह र पोखरा विश्वविद्यालयको मानविकी र सामाजिक विज्ञान संकायका डीन डा. अजय थापाले साझेदारी सम्झौता पत्रमा हस्ताक्षर गरे । उक्त साझेदारीको मुख्य उद्देश्य नबिल बैंकले पोखरा विश्वविद्यालयको उद्यमशीलता विकासमा स्नातक कार्यक्रम अन्तर्गतका उद्यमशील परियोजना संचालन गरिरहेका उद्यमी विद्यार्थीहरुलाई कर्जा उपलब्ध गराई उद्यमशीलता विकास गर्ने रहेको छ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले यस सम्झौताले नबिल बैंक र पोखरा विश्वविद्यालयको सम्बन्धमा नया आयाम थपेको बताए । उद्यम गर्ने सोच सँग त्यस सम्बन्धी ज्ञान हासिल गरेका युवाहरुमा रोजगारी र उद्यमशीलता विकास गरि सामाजिक रुपान्तरणमा सहयोग गर्ने  बताए ।

त्यस्तै पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेम नारायण अर्याल, रजिष्ट्रार डा. दिपक बहादुर भण्डारी तथा मानविकी र सामाजिक विज्ञान संकायका डीन डा. अजय थापाले नबिल बैंकको यस नयाँ सोचको प्रशंसा गर्दै नबिल दिगो बैंकिङ कार्यक्रमको सफलताको शुभकामना सहित यसका लागि विश्वविद्यालयको सधै सहयोग रहने समेत बताए ।

उक्त कार्यक्रममा विश्वविद्यालयको विभिन्न पदाधिकारी, उच्च पदस्थ सरकारी कर्मचारी, पत्रकार, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष तथा विभिन्न ब्यवसायी संस्थाका प्रतिनिधि तथा पत्रकार, बुद्धिजिवी साथै अन्तर्गतका उद्यमशील बन्न चाहने अध्ययनरत विद्यार्थीहरुको उल्लेख्य उपस्थिति थियो ।  

नबिल बैंकले गत असार १५ गते धान दिवसको दिन नबिल दिगो बैंकिङ सुरुवात गरेको हो । सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकले दिगो बैंकिङ कार्यक्रम सार्वजानिक गरेको हो ।

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

विराटनगर किङ्सद्वारा भी–चित्रलाई आधिकारिक मार्केटिङ एजेन्सीको रूपमा नियुक्त

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

दराजद्वारा सगरमाथा जत्तिकै उच्च बचत प्रदान गर्ने 'महाबचत बजार' सेलको घोषणा

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

मंगलम इन्डष्ट्रिजलाई अवसर इक्वीटी डाइभर्सिफाइड फण्डको रणनीतिक लगानी

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

रिलायन्स र चौधरी ग्रुपको सहकार्यमा नेपालमा  क्याम्पा कोला उत्पादन

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

इनड्राइभले काठमाडौँमा ‘ड्राइभर्स मिट एण्ड ग्रिट‘ आयोजना गर्यो

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्रवेश

डीएस ग्रुपको क्याच मसला अब नेपाली बजारमा, स्थानीय भान्सामा विश्वसनीय स्वादको प्…

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बाल स्वास्थ्यका लागि साझेदारी गर्दै पठाओ नेपालको आर्थिक सहयोग

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फाइदा

बोश नेपालले ल्यायो डिजिटल लोयल्टी कार्यक्रम ‘हाम्रो बोश’, मेकानिकलाई फाइदै फा…